|

काठमाडौं : अबदेखि सीमा नाका तथा अन्तरराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना तथा अन्य संक्रामक रोगको परीक्षण गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समेत रहेका स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीरकुमार अधिकारीका अनुसार हेल्थ डेस्कहरूमा कोभिड १९ को पूर्ण खोप नलगाएका र कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुनेछ।

तर स्वास्थ्य मन्त्रालयले पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ नभएका, पूर्ण खोप वा पीसीआर रिपोर्ट नेगेटिभ भए पनि कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिहरूले भने सीमानाकामा परीक्षण गराउनुपर्ने बताएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.