|

झापा : घरेलु टोली दमक-११ लाई हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तरराष्ट्रिय रंगशालामा बुधबार भएको उद्घाटन खेलमा सर्लाहीले दमकलाई १–० गोल अन्तरले हराउँदै गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो।

सर्लाहीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे। उनको गोल नै निर्णायक बन्यो। दमकका जोमाउलले डिबक्सभित्र फल गरेपछि सर्लाहीले पेनाल्टी पाए। पेनाल्टीको सदुपयोग गर्दै सर्लाहीले विजयी शुरुवात गरेको हो। घ

रेलु दर्शकको साथ पाएका दमकका खेलाडीले मैदानमा उत्कृष्ट प्रदर्शन गरेका थिए। पटक-पटक गोल गर्ने अवसर गुमाउँदा दमक पहिलो चरणबाटै बाहिरियो। उद्घाटन खेलको म्यान अफ द म्याच विजयी टोली सर्लाहीका गोलरक्षक मनोज प्रधान घोषित भए। उनले नगद १० हजार रूपैयाँ पाए।

बिहीबारको खेल दुर्गापुर सन्डे कोलकाता र गोर्खा ब्याइज रुपन्देहीबीच हुनेछ। चैत १८ गतेसम्म चल्ने दमक गोल्डकपमा चार विदेशी टोलीसहित १० टोलीले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ। सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद २१ हजार रूपैयाँ पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.