|

म्याग्दी : बेनी नगरपालिका-२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र श्रीमती खीरकुमारी थापालाई  सहयोग आउन सुरु भएको छ। बुधबार ‘सहाराविहीन ९६ वर्षीय थापा दम्पती : गोठमा वास, छैन खाने गाँस’ शीर्षकको समाचार थाहाखबरमा प्रकाशन भएको थियो।

सोही समाचारबाट जानकारी पाएपछि बिहीबार बिहान बेनी-९ निवासी पत्रकार निर्मल खत्रीले आफ्नी श्रीमती अस्मिता भण्डारी (खत्री) को २३ औं जन्मदिनको अवसरमा एक बोरा चामल, तेल, नुन, चिनी, चियापत्ती, साबुन, चाउचाउ लगायतका खाद्यान्न सहयोग गरेका हुन्।

थापा दम्पती एक गाँस खानका लागि अरु कसैको आश गर्दै भैसीको गोठमा आश्रय लिइरहेका छन्। खाद्यान्न सामाग्री पाएपछि खीरकुमारीले खुसी व्यक्त गर्दै आफ्नो पीडामा सहयोग गरेकोमा सहयोगदाता खत्रीलाई धन्यवाद दिइन्।

खड्गबहादुर कान सुन्दैनन् भने बोल्न सक्ने अवस्थामा पनि छैनन्। ​लठ्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दुध, दही ल्याएर खाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.