|

काठमाडौं : विश्वकप प्लेअफमा वेल्स फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पुग्न सफल भएको छ।

अष्ट्रियालाई पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो। त्यस्तै अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनायो।

कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ ले पराजित गर्दा ग्यारेथ बेल नायक सावित भएका थिए। खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई १-० को अग्रता दिलाए। ५१औं मिनेटमा बेललेनै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै वेल्सको अग्रता दोब्बर पारे।​६४औं मिनेटमा मार्सल सवित्जरले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल हुन नसक्दा वेल्सले फाइनलमा स्थान बनायो।

प्ले अफकै सेमिफाइनलको अर्को खेलमा स्वीडेनले अतिरिक्त समयमा चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्‍यो। स्वीडेनको जितमा रोविन क्वाइसनले ११०औं मिनेटमा गोल गरेका थिए।

अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल र नर्थ म्यासेडोनिया तथा वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुने छ। युक्रेन र स्कटल्यान्ड बिचको खेल भने हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.