|

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।

प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरिएको बताए।

भोलि शनिबार पर्साकै भाठाधाम जाने र भाठाधामलाई पनि धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रम प्रदेश सरकारको छ।

यसअघि ठोरी गाउँपालिकालाई प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न मधेशका मुख्यमन्त्री राउतलगायत मन्त्रीहरूलाई सांस्कृतिक झाँकीसहित स्थानीयले कार्यक्रमस्थलमा स्वागत गरेका थिए। घोषणा कार्यक्रममा मधेश सरकारका मुख्यमन्त्रीसहित ९ जना मन्त्री सहभागी भएका थिए।

घोषणा (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.