|

खोटाङ : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले गठबन्धनमा अझै पाँच दल थपिए पनि एमाले एक्लैले तिनीहरूलाई पराजय गराइदिने बताएका छन्।

आइतबार गृह जिल्ला खोटाङमा भट्टराईले ऐँसेलुखर्क युवा संघले आयोजना गरेको पुरुष एवं महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, 'हिजो मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले हामी मिलौँ भनेर भन्नुभएछ। पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्रीज्यू अरू पनि छरिएका कोही छन् भने मिलाउनुहोस् एमाले एक्लै लड्छ।' 

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका प्रमुख सचेतक भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्यबाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताए।

सबै राजनीतिक दल एक ठाउँमा उभिए पनि आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेले एक्लै ५० प्रतिशतभन्दा बढी जित्ने उनको दाबी छ।

यस्तै, अहिलेका पाँच दललाई गठबन्धन शब्द नफापेको हुँदा गठबन्धनको पर्यायवाची शब्द राख्‍नसमेत उनको सुझाव छ। भट्टराईले भने, 'अहिलेका पाँच दललाई गठबन्धन फापेको देखिएन त्यसैले शब्दकोशमा गठबन्धनको पर्यायवाची अर्को शब्द भए त्यो राख्दा हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.