|

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा मात्र सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ।

कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा आवश्यकता र औचित्यको आधारमा स्थानीय तहमा समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिए।

कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यहरूले धारणा राख्ने क्रममा कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरूबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको प्रवक्ता रुवालीको भनाइ छ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको संयुक्त बैठकमा वक्ताहरूले कांग्रेसले धेरैभन्दा धेरै ठाउँमा आफ्नो पार्टीको जित सुनिश्चितताको साथै वर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा गठबन्धनलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.