|

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा  तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।

​प्रधानमन्त्री देउवालाई दिल्ली विमानस्थलमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले स्वागत गर्ने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.