‘देशलाई संकटमोचन गराउने माओवादी केन्द्र नै हो’

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व-गोरखा सैनिकलाई पार्टीमा भित्र्याएका छन्। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच उनले पूर्व गोरखा सैनिकलाई पार्टीमा भित्र्याएका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तपाईंहरूको पार्टी प्रवेशले प्रतिक्रियावादी षड्यन्त्र गर्नेहरूलाई बलियो झापड हान्नुभयो। अब तपाईंहरुले इतिहासमा भएको भूल सञ्चाउने, नेपाल र नेपालीको आत्मसम्मानको लागि लड्नुभएको छ।’

पूर्वगोर्खा सैनिकहरुले माओवजादी केन्द्रले लडेको मूल्य र मान्यताको लक्ष्य बुझेको जिकिर गरे। प्रचण्डले भने, ‘हाम्रो पार्टी सबै नेता कार्यकर्ताहरुले भूपू सैनिक र उनीहरुको मागप्रति एकताबद्ध भएर आन्दोलनको रक्षाको निम्ति जानुपर्छ।’ 

प्रचण्डले माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुले उलेख्य काम गरेको दाबी गरे। चितवनको भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमुना भएको छ। प्रदेश र संघमा माओवादी केन्द्रको नेतृत्व नहुँदा एउटा अन्तर विरोध, एउटा कन्ट्रोभर्सी जहिले पनि भएको छ। माओवादी केन्द्रले परिवर्तन ल्याउने, परिवर्तनपछि परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जाने अवस्थाले समस्या निम्तिरहेको छ।’ देशलाई संकट पर्दा संविधान नै उट्याउने प्रयास गर्दा माओवादीनै नै जोगाएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.