|

काठमाडौं : देशभर भएका विभिन्न सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित सडकमा भे.२ त १०४४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर चन्दननाथ नगरपालिका-७ मिचा बस्ने २२ वर्षीय सन्तोष नेपालीको शुक्रबार साँझ मृत्यु भएको छ। खसेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, सिरहाको बरियारपट्टी गाउँपालिका-१ स्थित सडकमा प्र.२-०१-००३ प ५६१२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मिपुरपतारी गाउँपालिका-५ शिशवा खुरकियाही बस्ने ३४ वर्षीया राजनिति देवी यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो। हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी, तनहुँको भानु नगरपालिका-९ डुम्रे खर्कस्थित सडकमा ग.१ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका पुर्कोट बस्ने २३ वर्षीया एलिना श्रेष्ठको शुक्रबार बेलुकी मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, झापा गौरादह नगरपालिका-१ स्थित सडकमा रोकी राखेको को.१ ख २४७९ नम्बरको ट्याङ्करमा मे.२ प ३९१२ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय राम सोरेनको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार रहेका ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ।  

त्यसैगरी, धनुषाको विदेह नगरपालिका-६ एकराहीस्थित सडकमा बिआर ०७ पिडी ३९०२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय हरीचन्द्र खत्वे मण्डलको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ।

साथै उक्त स्कारपियोको ठक्करबाट घाइते भएका साइकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय कुल्दिप महराको स्थानीय मेडिकलमा र साइकल सवार ४० वर्षीय दिपु महराको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.