|

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिव नियुक्त गरेको छ।

भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको हो।​ वर्तमान विदेश सचिव हर्षवर्द्धन श्रृंगला आगामी अप्रिल ३० मा सेवा निवृत्त भएपछि क्वात्राले जिम्मेवारी सम्हाल्ने छन्।

सन् १९८८ मा विदेश सेवा प्रवेश गरेका क्वात्रा झण्डै तीन वर्षअघि नेपालका लागि राजदूत नियुक्त भएका थिए। उनी विदेश सचिव भएपछि भारतले नेपालका लागि नयाँ राजदूत पठाउनेछ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.