पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

|

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद् र सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ। 

देशको अर्थतन्त्र आरोलो लागेपछि सत्ता गठबन्धनले छलफलमार्फत ठोस कदम चाल्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय रमेश मल्लले बताए। 

बैठकले नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका छ। नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने गरी समिति गठन भएको जनाइएको छ। समितिको सदस्यहरूमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की‚ नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देवप्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी)बाट वेदुराम भुसाल र विजय पौडेल,  जनता समाजवादी पार्टीबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी रहेका छन्।

यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा भारत भ्रमणको ब्रिफिङ गराएका छन्। भारत भ्रमण सफल रहेको निष्कर्ष पेश गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.