|

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गरे। नगरपालिकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरेको उनले जानकारी दिए।

बैशाख ३० देखि जेठ २ सम्म चल्ने याे जात्राको तयारी साथै जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रचार गरिदिन मेयर श्रेष्ठले सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।

उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि जानकारी दिए।

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरूको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिनुपर्ने बताए। उनले सबै जात्राहरूको प्रवर्धन गर्ने अभियान संचालन गरिने जानकारी दिए।

 उनले भने 'ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रबर्द्धनले पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्छ'।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.