|

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ झापा र चितवनमा एक एक जनाको मृत्यु भएको हो।

ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई बुधवार बेलुकी ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका रामेछापका दुई वर्षीय आर्यन पुरीको इमाडोलस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ।

यस्तै‚ झापाको दमक नगरपालिका–१० मा ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर सवार दमक–८ का करिब २३ वर्षीय विकास ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधवार साँझ साढे ५ बजे मे १ त ३७४६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको थियो।

त्यस्तै‚ चितवनको रत्ननगर नगरपालिका– १० मा बुधवार राति बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बर स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका रत्ननगर-५ झुवानीका करिब ४० वर्षीय मलाहा महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राति सवा १० बजे मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.