|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निर्वाचन आयोगलाई आचारसंहिताबारे ध्यानाकर्षण गराउने भएको छ। महासचिव शंकर पोखरेलको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।  

निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराउन एमाले आजै दिउँसो आयोग जाने तयारी भइरहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। निर्वाचन आयोगले मंगलबार गरेको दलहरूसँगको प्रतिबद्धतापत्रमा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको थियो। आज आचारसंहिताको विषयमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउने एमालेको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.