|
फाइल तस्वीर

काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।

काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ति परिवर्तन गरेको र त्यहाँ पहिले भएका मूर्ति कोठामा राखेर अदालतको अन्तरिम आदेशको अवहेलना गरेको भन्दै दर्ता भएको निवेदनउपर सुनुवाई गर्ने क्रममा न्यायाधीश रेग्मीको इजलासले विपक्षीहरूलाई उपस्थित हुन आदेश दिएको हो।

'आज सम्मानित अदालतले विपक्षीलाई स्वयम उपस्थित हुनु भनी आदेश दिएबाट कानुनभन्दा माथि कोही छैन र देशमा विधिको शासन अझै जीवित छ भन्ने कुराको अनुभूति भएको छ,' अधिवक्ता सन्जय अधिकारीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.