|

काठमाडौँ : राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको ‘बिस्काः जात्रा’ सम्बन्धी एकल फोटो प्रदर्शनी आज सकिएको छ।

यही चैत २२ गतेदेखि सुरु भएको प्रदर्शनी ९०० जनाले अवलोकन गरेका छन्।

पत्रकार श्रेष्ठका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्ग लगायतका विशिष्ट व्यक्तिहरूले प्रदर्शनी अवलोकन गरेका थिए।

प्रदर्शनीको उद्घाटन काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

प्रदर्शनीमा १०० भन्दा धेरै तस्बिरहरु राखिएका थिए।

तस्बिरमा नेवार समुदायको कला र सांस्कृतिक सिर्जना देखाइएको थियो।

यसअघि फोटो पत्रकार श्रेष्ठले देशभित्र र बाहिर समेत विभिन्न स्थानमा समय समयमा भएका घटना, परिवेश र संस्कृतिका एकल फोटो प्रदर्शनी गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.