|
फाइल

हेटौंडा : शुक्रबारबाट देशभरि टाइफाइडविरुद्धको खोप लगाइँदैछ। बागमती प्रदेशका पनि १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाउने भएका हुन्।

प्रदेश स्वास्थ्य निर्देशनालयको अनुसार खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोप केन्द्रमा पुगिसकेको छ। निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ।

खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन्। खोपकर्मीलाई सहयोगका लागि १७ हजार बढी स्वयंसेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए। ८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको छ। खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको निर्देशनालयको भनाई छ।

खोप अभियानको बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाट र प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हेटौंडामा खोप कार्यक्रमको सुरुवात  गरेका थिए। शुक्रबार संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गृहजिल्ला मकवानपुरमा आएर बालबालिकालाई खोप लगाउने कार्यक्रमको उद्घाटन गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.