|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताएका छन्।

उनले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सहायताको कुरा हेर्दा समेत तुलना हुने कुरा नभएको बताएका हुन्।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले अहिले केही मानिसले नेपाललाई श्रीलंका बनाउन खोज पनि आफूले उनीहरूको सपना पूरा गर्न नदिने बताए।

उनले विलासिताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको उल्लेख गरे।

मन्त्री शर्माले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताए। सरकारले बनाएका नीतिमा नै समस्या रहेको भन्दै शर्माले बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भष्टाचार भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने बताए।

'कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर छ। उनीहरूको सपना पूरा हुँदैन। नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन। हाम्रो ऋण, उत्पादन, विदेशी लगानी, ऋण सहायताको विषय हेर्ने हो भने श्रीलंकासँग तुलना हुँदैन', मन्त्री शर्माले भने, 'तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम भइरहेको छ। त्यो गलत छ।'

यस्तो प्रचारको अन्त्य गर्दै हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराबारे बहस गर्नेपर्ने उनले बताए। 'अहिलेको डलरको सञ्चिति साढे ६ महिनालाई पुग्ने छ। योभन्दा तल नझरोस् भनेर हामी सर्तक हुनु पर्छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.