|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.