|

जाजरकोट : जिल्लाको पूर्वी क्षेत्रमा रहेको ठूलो सिँचाई आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्ष पछि पुनः निर्माण गरिने भएको छ।

बारेकोट गाउँपालिका ४ र ५ मा रहेको नायकबाडा सिँचाइ आयोजना २०४२ सालमा काम सुरुवात भएको थियो।

यो सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भएपनि बीचमै काम रोकिएको थियो।

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले आयोजना निर्माण गर्नका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिएका थिए। 

अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने भनेर निष्कर्ष निकालेपछि काम सुरु हुने भएको हो।

नायकवाडा सिँचाइ आयोजना निर्माण भएमा यहाँका दुइ वटा वडाहरूको ठूलो भूभाग सिञ्चित हुने छ।

वर्षेनी खाद्यान्न अभाव झेल्ने बारेकोटमा यो सिँचाइ आयोजनाले उत्पादनमा बृद्धि  गरी आर्थिक रुपमा बलियो बनाउने स्थानीयबासी जनक बहादुर शाहीले जानकारी दिए।

अहिले आकाशे पानीको भरमा नायकवाडा, मैना लगायतका ठाउँमा खेती हुँदै आएको छ। धानबाली लगाउँदा आकाशे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ।

बारेकोट गाउँपालिकाको सबै भन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै रहेको छ।

लगानी धेरै लाग्ने भएपछि यो आयोजना बीचमै अलपत्र परेकाे बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

करिव १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी ल्याउनुपर्ने अवस्था रहेको छ।

प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको समेत यो आयोजनामा विशेष चासो रहेको छ।

यो आयोजना निर्माण कार्य सुरु हुन थालेको सूचना पाएलगत्तै स्थानीयबासी खुसी भएका छन्।

आश मारिसकेको आयोजना निर्माण सुरु हुन लाग्यो भन्दा अधिकांशले जय जयकार गरेको  खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वाला राज शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.