|

काठमाडौं : सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन गर्नुपर्ने आवाज उठेको छ।

राष्ट्रिय सहकारी महासंघले  आयोजना गरेको दुई दिने नेशनल युथ फोरमका अवसरमा सहभागीहरुले यस्तो बताएका हुन।

युवाहरुलाई उद्यमशीलताका लागि प्रेरित गर्न सोही अनुरुपको कार्ययोजना जरुरी रहेको सहभागीहरुले माग राखे।

शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भएको उक्त फोरमले सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता  वृद्धिका लागि विद्यमान कानुनहरूको संशोधन र   कार्यविधिहरूको परिमार्जन गर्नै पर्ने  बताए।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशीलतामा जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे।

उनले सहकारी मार्फत उद्यमशीलताको विकास गर्न एक जुट भएर युवा सहकारी कर्मीहरु जुट्नुपर्ने बताए।

फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती  भएको महासंघका संचालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.