|

काठमाडौं : युरोपेली युनियन ईयुले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास फेरि खोलेको छ। 

रुसी आक्रमणका कारण बन्द भएको दूतावास पोल्याण्डबाट सञ्चालन गरिएको थियो। ईयुका विदेश नीति प्रमुख जोसेप बुरेलले शुक्रबार युक्रेनको यात्रा गरेपछि दूतावास पुनः खोल्ने निर्णय गरेका हुन्।  

युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलसँग उनले ईयु–युक्रेन एसोसिएशन काउन्सिल बनाउने तयारी अघि बढाउने सहमतिसमेत गरे। यसैबीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसन युक्रेन पुगेका छन्।  आकस्मिक रुपमा किभ पुगेका प्रधानमन्त्री जोनसनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई १ सय २० वटा बख्तरबन्द गाडीका साथै नयाँ एन्टि मिसाइल सिस्टम दिने वाचा गरे। 

यो भ्रमणमा जोनसले युक्रेनलाई विश्व बैंकबाट ५० करोड डलर रकम दिलाउन ग्यारेन्टी लिने पनि बताए। अहिलेसम्म बेलायतले युक्रेनलाई १ अर्ब डलरको ऋण घोषणा गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.