|

इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान प्रक्रिया अगाडि बढाएको छ।

सर्वोच्च अदालतले यसअघि विपक्षी प्रायोजित अविश्वास प्रस्तावलाई खारेज गर्ने उपसभामुखको निर्णय खारेज गरिदिएसँगै संसदको राजनीतिक गतिरोध अन्त्यका लागि इमरान खानको सरकार सत्ताबाट बाहिरिएको छ।

कुल ३ सय ४२ सदस्यीय सदनमा प्रस्तावका पक्षमा १ सय ७४ सदस्यले मतदान गरेका थिए। मतदानका क्रममा सत्तारुढ पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का सदस्य उपस्थित थिएनन्।

संसदका सभामुख अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज (आइतबार) दिउँसो २ बजेसम्म मनोनयन पेश गर्न सकिने र दिउँसो ३ बजेसम्म छानबिन हुने बताएको छ।

 उनले सोमबार बिहान ११ बजे अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का अध्यक्ष शहबाज शरीफ, जो हाल संसदमा विपक्षी दलका नेता छन् आगामी प्रधानमन्त्री बन्ने निश्चित रहेको डन अखबारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.