|

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारीहरूले मेयर लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन्।

आइतबार सफाइ कर्मचारीहरूले मेयर  साहले आफूहरूमाथि अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नारावाजीसमेत गरेका छन्।

जनकपुरधाम उपमहानगरका सरसफाइ कर्मचारीहरूले आइतबार  मेयर साहको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित निवास सामु धर्ना दिएका छन्।

मेयर साहले आफूहरूलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको नारावाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो निवासबाट निस्कन सकेका थिएनन्।

जनकपुरधाममा फोहोरको अत्यधिक समस्या रहेको र सडकहरू समयमा सफाइ नभएपछि उपमहानगरका पदाधिकारीको आलोचना हुँदै आएको छ। उपमहानगरले नगर सरसफाइमा ध्यान नदिएको स्थानीय बासिन्दाको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.