|

विराटनगर : इटहरी उपमहानगरपालिकाको प्रमुखका लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ। उपमेयरमा ९ जनाको नाम सिफारिस भएको छ।

इटहरीमा आइतबार बसेको एमाले नगर कमिटी सचिवालय बैठकले आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि उपमहानगर प्रमुख र उपप्रमुखका लागि जिल्लामा नाम सिफारिस गरेको हो।

प्रमुखको उम्मेदवारमा बहालवाला मेयर द्वारिकलाल चौधरी, यमकुमार सुब्बा, लक्ष्मी गौतम, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरे रहेका छन्।

उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा (नेपाल), अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.