वैशाख १७ देखि २१ सम्म प्रतिस्पर्धा हुने

|
फाइल तस्वीर

काठमाडौं : नेपाल र जिम्बावेबीच हुने एकदिवसीय र टी–२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले जारी गरेको खेल तालिकाअनुसार एकदिवसीय वैशाख १७ देखि २१ सम्म हुने क्यानले जनाएको छ। टी–२० सिरिज वैशाख २३ देखि २६ सम्म हुनेछ।

वैशख १७ गतेदेखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जिम्बावेको ए सँग प्रतिस्पर्धा गर्नेछ। नेपालले जिम्बावे ’ए’ सँग ३ एकदिवसीय र ३ टी–२० खेल खेल्नेछ। १० दिन चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने क्यानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.