|

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा गठबन्धनका दलहरूका बिचमा भागबण्डा गर्न निर्णायक भनिएको गठबन्धन बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। 

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु सहभागी छन्। 

त्यस्तै, नेकपा(माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु देव गुरुङ र वर्षमान पुन,  जनता समाजवादी पार्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवका साथमा राजेन्द्र श्रेष्ठ र नेकपा(एकीकृत समाजवादी)बाट अध्यक्ष माधवकुमार नेपालसहित विजय पौडेल लगायतका नेताहरु सहभागी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.