|

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका प्रमुख उपप्रमुखका उम्मेदवार पर्सि (शनिबार) टुंग्याउने भएको छ।

आज बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरको उम्मेदवार पर्सि टुंग्याउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

एमालेले भोलि स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति भवन च्यासलमा भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्ने, त्यसपछि घोषणापत्र सार्वजनिक र कम्युनिष्ट योद्धाहरूको सम्मान गर्ने तयारी छ।

चुनावको प्रक्रिया चलिरहेका वेला गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका गुरुङले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदलको सम्भावना रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.