|

काठमाडौं : बहालवाला वडाध्यक्ष स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बने वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन्।

काठमाडौं महानगरपालिकाको ७५औँ कार्यपालिका बैठकले वडाध्यक्षसहित सबै सदस्यले राजीनामा दिएमा वडासचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्ने निर्णय गरेको हो। 

यही व्यवस्था बमोजिम बिहीबारको कार्यपालिका बैठकले वडाध्यक्षले राजीनामा दिए वडाका सदस्यमध्येबाट एक जनालाई कार्यवाहक दिने निर्णय गरेको छ। वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएमा वडासचिवलाई कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न अधिकार दिने निर्णय भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ, जसमा वडाध्यक्षले राजीनामा दिए, वडाका सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ। सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ।

स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने  प्रावधान रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.