|

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छिन्। 

फेरि मेयरमा चुनाव लड्नका लागि दाहालले उपप्रमुख पार्वती शाह ठकुरीसमक्ष राजीनामा बुझाएकी हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनपर्ने प्रावधान राखेपछि उनले राजीनामा दिएकी हुन्। 

‘उहाँले दिउँसो २ बजे राजीनामा दिनुभएको हो’, उपमेयर ठकुरीले थाहाखबरसँग भनिन्, ‘मैले राजीनामा स्वीकृत गरिसकेँ।’

पाँच दलीय गठबन्धनमा भरतपुरको मेयर माओवादी केन्द्रले र उपमेयर नेपाली कांग्रेसले पाउने सहमति भइसकेको छ। माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुलाई नै मेयरको उम्मेदवार बनाउने भएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.