|

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बेवारिसे १० हजार ८ सय अमेरिकी डलर फेला परेको छ।

विमानस्थलको आन्तरिक उडानतर्फको विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरको १ सय ८ थान अमेरिकी डलर शनिबार साँझ प्रहरीले बरामद गरेको हो।

विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्डब्यागभित्र बेवारिसे अवस्थामा सो रकम फेला परेको हो। बरामद डलर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.