|

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।

चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।

बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। 

यस्तै पातारासी गाउँपालिमा अध्यक्ष सुकराम रावत र उपाध्यक्ष खम्मेनी महतारा उम्मेदवार हुन्। गुठीचौर गाउँपालिका अध्यक्षमा झुनमाया जैशी र उपाध्यक्षमा प्रेम बुढा, तातोपानी गाउँपालिकामा अध्यक्ष सुरत बहादुर शाही र उपाध्यक्ष ज्वाला चौलागाई, तिला गाउँपालिकामा अध्यक्ष रेशम बहादुर शाही र उपाध्यक्षमा जुनमाया बोहरा उम्मेदवार भएका हुन्।

हिमा गाउँपालिकामा अध्यक्ष जयबहादुर खत्री र उपाध्यक्ष भागिरती शाही, सिंजा गाउँपालिकामा अध्यक्ष सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, कनकासुन्दरी गाउँपालिकामा अध्यक्ष मानबहादुर रोकाया र उपाध्यक्ष देविसिता बुढा (रावत) उम्मेदवार भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.