|

भारतमा कोरोनाबाट २ हजार ५ सय ४१ जना सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३० जनाको मृत्यु पनि भएको छ।

अघिल्लो दिन भने २ हजार ५ सय ९३ जना सङ्क्रमित भएका थिए। भारतमा अहिलेसम्म कुल ४ करोड ३० लाख ६० हजार ८६ जना कोरोना सङ्क्रमित भएका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले १६ हजार ५ सय २२ जना सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। नयाँ सङ्क्रमितमध्ये १ हजार ८३ जना नयाँ दिल्ली प्रदेशका मात्रै रहेका छन्। यो सङ्ख्या नयाँ कुल सङ्क्रमितको करिब आधा हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.