|

काठमाडौं : नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताएका छन्। सोमबार माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताएका हुन्।

उनले गठबन्धन अझ अगाडि बढ्दै जाने पनि बताए। उनले आज बिहानसम्ममा गठबन्धन ६० प्रतिशत ठाउँमा सफल भएको र बाँकी ठाउँमा पनि बेलुकी सम्ममा कुरा मिल्ने बताए।

प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमति हुने उल्लेख गरे।

उनले भने, ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा हामीले मोरदेन ६० प्रतिशत जति गठबन्धन सफल भएको छ। बाँकी केही काममा अलिकति मिलेका छैनन्। पार्टी भित्रपनि मिलेको छैन, पार्टी पार्टीको बिचमा पनि मिलेको छैन। केही प्रक्रिया अझ पनि जारी छ। यो मिल्नेक्रम बेलुकीसम्म अगाडि बढ्छ। आजमात्र होइन, १६ गतेसम्म मनोनयन फिर्ताको कार्यक्रम छ। मिल्ने क्रम जारी रहन्छ।'

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताए। उनले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताए।

उनले नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेशको लहर चलेको बताए। गठबन्धनका दलहरुकाबीचमा सहमति नभए पनि गठबन्धनका दलहरुले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णयअनुसार अघि बढ्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.