|

सुर्खेत : जाजरकोटका सात पालिका मध्ये पाँच पालिकाका अध्यक्षहरू पुनः अध्यक्षका उम्मेदवार भएका छन्।

केहीले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने मौका पाएका छन्। बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह र जुनीचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य (बस्नेत) पुनः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

आचार्य माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा पुन: उम्मेदवार बनेकी हुन् भने शाह नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन्।

जाजरकोटको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्ती पुन: नगर प्रमुखको उम्मेदवार बनेका छन्। नेकपा एमालेको तर्फबाट उनी उम्मेदवार बनेका हुन्।

त्यस्तै कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र बस्नेत पुन: उम्मेदवार बनेका छन्। उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन्।

अघिल्लो पटक चुनावमा पराजित भएकी गीता सिंहले बारेकोट गाउँपालिकामा पुन: सोही पदमा उम्मेदवारी दिएकी छन्।

त्यस्तै छेडागाड नगरपालिकामा नेकपा एमालेको तर्फबाट लालबहादुर महतरा पुन: नगरप्रमुखको टिकट पाएर चुनावी मैदानमा होमिएका छन्।

त्यस्तै आठ पालिका रहेको डोल्पामा दुई पालिकाका अध्यक्ष र उपाध्यक्षहरूले पुनः सोही पदका लागि उम्मेदवारी दिएका छन्।

 मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पुन: अध्यक्षको उम्मेदवार बनेका छन्।

माओवादीबाट उनी अध्यक्षको उम्मेदवार बनेका हुन्।

त्यस्तै, उपाध्यक्ष, सविता कुमारी रोकाय पुनः नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी छिन्। जुम्लाको गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले पनि पुनः अध्यक्षको उम्मेदवारी दिएका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.