|

काठमाडौं : डिभिजन वन कार्यालय मुगुका कर्मचारीहरू र उपभोक्ता समितिका पदाधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

कार्यालयका वन अधिकृत भरतबहादुर बुढथापा, सब-इन्जिनियर गोरसिंह बढुवाल र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर रविन्द्र शाही र उपभोक्ता समितिका अध्यक्ष बास्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

मुगुको सोरु गाउँपालिका-१ जवलधारास्थित काछदेखि छोटासम्मको पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमतोमा हुँदै नभएको कामको समेत बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिइ सरकारी रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

वन कार्यालय मुगुबाट आव ०७६/७६ मा विनियोजित रकम ८ लाख ८७ हजार ६५३ रूपैयाँ खाने मास्ने उद्देश्यले भुक्तानी लिएको देखिएकोले सोही रकमको बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी लिइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.