|

रूस-युक्रेन युद्ध सुरु भएको दुई महिनाभन्दा बढी भइसक्यो। यी दुई महिनाले दुई देशबीच यति धेरै दूरी सिर्जना गरेको छ कि युक्रेनी नागरिकहरू अब रूससँग सम्बन्धित ऐतिहासिक कुराहरूलाई समेत घृणा गर्न थालेका छन्।

जसका कारण राजधानी किभमा रूस र युक्रेनबीचको मित्रताको प्रतीक सोभियत स्मारक भत्काइएका छन्।

रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गऱ्यो।  त्यसपछि युक्रेनका थुप्रै शहरहरू भग्नावशेषमा परिणत भएका छन्। आज यी दुई देश सबैभन्दा ठूलो शत्रु जस्तो देखिएका छन्। तापनि कुनै समय दुवै देशले ४५ वर्षसम्म सँगसँगै अमेरिकी 'डिप्लोमेसी'को सामना गरेका थिए।

दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४७ मा विश्वलाई पुँजीवादी र कम्युनिष्ट गरी दुई भागमा विभाजन गरिएको थियो । पुँजीवादको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरे पनि साम्यवाद सोभियत संघको हातमा थियो। त्यसपछि यी दुई गुटबीच अघोषित युद्ध सुरु भयो र यसलाई शीतयुद्ध भनेर चिनियो।

यस शीतयुद्धमा अमेरिकाका मुख्य सहयोगीहरूमध्ये फ्रान्स, बेलायत र पश्चिम जर्मनी पनि थिए। जबकि सोभियत संघका प्रमुखहरू रूस, युक्रेन, हंगेरी र पूर्वी जर्मनी थिए। यस ४५ वर्षीय शीतयुद्धमा रूस र युक्रेनले राजनैतिक, सैन्य र सांस्कृतिक तवरमा थुप्रै महत्त्वपूर्ण साझेदारी गरेका थिए।

सन् १९९२ मा सोभियत संघ टुक्रिएपछि रूस र युक्रेनबीचको सम्बन्धमा खटपट सुरु भएको हो। सन् २०२२ सम्ममा यो खटपट यति बढ्यो कि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरे। दुई देशबीच जारी युद्धका क्रममा विगत दुई महिनादेखि हजारौं मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस युक्रेन छाड्न बाध्य भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.