|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। 

मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।

हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.