|

सर्लाही : आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा १०३ वटा मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ।

यातायातको असुविधा, भूगोलको विकटता र विगतका निर्वाचनमा दलहरुबीच भएका झैझगडा, विवाद लगायतलाई आधार मानेर वर्गीकरण गर्दा १०३ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको हो। ती मतदान स्थलमा २०५ वटा मतदान केन्द्र रहेका छन्।

अति संवेदनशील मतदान स्थलहरु अधिकांश निर्वाचन क्षेत्र नम्वर ३ र ४ का रहेका छन्। यस्तै, जिल्लामा १८४ वटा मतदानस्थल संवेदनशील छन्।

संवेदनशील रहेका १८४ वटा मतदान स्थलमा ३३९ वटा मतदान केन्द्र रहेका छन्। सुरक्षा निकायले जिल्लाको ३१ वटा मतदान स्थललाई भने सामान्यको सूचीमा राखेका छन्।

३१ वटा सामान्य मतदान स्थलमा ५५ वटा मतदान केन्द्र रहेका छन्। मतदानस्थल र मतदान केन्द्रको संवेदनशीलतालाई विश्लेषण गरी सोही अनुसार आवश्यक सुरक्षा प्रवन्ध मिलाइने जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।

आउँदो निर्वाचनका लागि सर्लाही जिल्लाभर ३१८ वटा मतदानस्थल र ५९९ वटा मतदान केन्द्र कायम गरिएको छ। २०७४ सालको निर्वाचनमा पनि सर्लाहीमा मतदानस्थल ३१८ वटै रहेका थिए।

यो पटक मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पुर्‍याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए। उनका अनुसार मतदाता बढेको आधारमा मतदान केन्द्रहरु थपिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.