|
फाइल फोटो

काठमाडौं : धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ शीतलबजारमा आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेका छन्। उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ। 

आज बिहान पौने १० बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

दुबै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.