|

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले निर्वाचन आचारसंहिताको उल्लंघन गरेर बागबजार क्षेत्रमा टाँसेका झण्डा हटाएको छ।

शनिबार थाहा खबरले ‘देउवाको गृह जिल्लामै कांग्रेसले गर्‍यो आचारसंहिताको उल्लंघन’ शीर्षकको ब्यानर समाचार प्रकाशित गरेको थियो। कांग्रेसले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा पार्टीको झण्डा टाँस्दै आचारसंहिताको उल्लंघन गरेर शनिबारसम्म बागबजार क्षेत्रलाई नै रङ्गीचङ्गी बनाएको थियो। समाचार प्रकाशित भएको दोस्रो दिन आइतबार कांग्रेस डडेल्धुराले झण्डा हटाएको हो।

राजनीतिक दल, उम्मेदवार तथा दलका भातृ संगठनले पालना गर्नुपर्ने आचरणको (ज) मा घर वा जग्गा धनीको अनुमति नलिई कसैको घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ।

तर, कांग्रेस बागबजारको सडकमाथि ठाउँठाउँमा पार्टीको झण्डा टाँसेको थियो। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर हटाउन लगाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.