|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २० जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा २० जना संक्रमित भेटिएका हुन्। 

आइतबार मात्र २७ जना संक्रमणमुक्त भएका छन्। यसैगरि मन्त्रालयले जनाए अनुसार आइतबार मात्र २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

हाल देशभरि २ सय २१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये काठमाडौं उपत्यकामा ४७ जना सक्रिय संक्रमित रहेका छन्। 

आजसम्ममा देशभरि ३१ वटा जिल्ला कोभिड संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुने जिल्लामा इलाम, ओखलढुगां, खोटाङ, सोलुखुम्बु, पाँचथर, भोजपुर, पर्सा, सप्तरी, रौतहट, सर्लाही, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालिकोट, मुगु, बाजुरा, दार्चुला, डडेलधुरा र बझाङ रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.