|

भोजपुर :  देश यतिबेला निर्वाचनमय बनेको छ। दलका उम्मेदवारहरूले विभिन्न खाले योजनासहितका घोषणा पत्र लिएर निर्वाचनमा होमिएका छन्।

उम्मेदवारी दिनेमा अधिकांश पुराना अनुहारका छन्। देश संघीयतामा गएर जनप्रतिनिधिहरू चयन भएको पाँच वर्ष पुरा भएको छ। तर जनताले चाहे जस्तो विकास नभएको स्थानीयको गुनासो छ।

२०७४ सालमा भएको निर्वाचनमा भोजपुर नगरपालिकालाई उज्यालो नगर बनाउने उम्मेदवारहरूले घोषणा गरेका थिए। तर अहिले पनि भोजपुर नगरपालिकाका सबै क्षेत्रमा विद्युत् विस्तार हुन सकेको छैन। अहिले पनि यहाँका वडा  २ हेलौछाको चङ्खुले, फलाटे, घारालगायत ठाउँका स्थानीय विद्युतको पहुँचभन्दा बाहिर रहेका छन्।

 त्यस्तै वडा- ३ गुप्तेश्वरको रमिते टोल,मुलखर्क, माझ खर्क, र ध्वजेटोल लगाएतका ठाउँका स्थानीय अहिले पनि विद्युत्को पहुँच भन्दा बाहिर छन्।

वडा-१० भैंसीपंखाका अधिकांश स्थानीयले अहिले पनि विद्युत्का् उपभोग गर्न पाएका छैनन्। तत्कालिन भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सक्षम रुपमा नेतृत्व गर्न नसक्दा पाँच वर्षमा पनि विद्युत् विस्तार हुन नसकेको स्थानीयबासीको भनाइ छ।

भोजपुर नगरपालिका बत्तीमुनी अँध्यारो भएको भोजपुर नगरपालिका ३ गुप्तेश्वरका स्थानीयबासी सुमन राईले बताए। स्थानीय जनप्रतिनिधिले आफुलाई भोट दिएको नदिएको आधारमा फरक व्यवहार गरेको उनको आरोप छ।

 राईले भने,‘हामीले अहिलेसम्म विद्युत् को उपभोग गर्न पाएका छैनौँ। भौगोलिक रुपमा विकट रहेको टेम्केमैयुङ गाउँपालिकामा सक्षम नेतृत्वको कारण प्रदेश १ कै उज्यालो स्थानीय तह घोषणा भइसकेको छ। तर २०७४ सालमा नै ६० प्रतिशत भन्दा बढी स्थानमा विद्युत् बलेको भोजपुर नगरपालिकाको अवस्था अहिले पनि यस्तो छ।  यस्ता जनप्रतिनिधिबाट हामीले के आशा गर्ने? कुशल नेतृत्व छान्न नसक्दाको  परिमाण भोग्दै छौँ।’अवको निर्वाचनमा भने जनताले सहि नेतृत्वको चयन गर्न आवश्यक रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.