|

सुर्खेत : रुकुम पश्चिमको चौरजहारी नगरपालिका-७ कोटजहारीमा नेकपा (माओवादी केन्द्र) को चुनावी सभामा नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध युवाहरूले आक्रमण गरेका छन्।

आक्रमणमा परी दुईजना माओवादी कार्यकर्ता घाइते भएको नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य ध्रुवविक्रम बुढाथोकीले बताए। कार्यक्रम स्थलमा ढुंगा प्रहार भएको उनले जानकारी दिए।

घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय चौरजहारीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.