|

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।

पछिल्लो एक सातादेखि निरन्तर रूपमा गिरावट आएको नेप्से १३७.५२ अंकले घटेको छ। बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ।

त्यस्तै,  सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ।

बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ। जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बिमा, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ। जसमा  बिहीबार जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यता, मैलुङ खोला जलविद्युत् कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

कारोबार रकमका आधारमा ८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। एनआइसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.