|

काठमाडौं : आइतबार देशभर १७ जना कोभिड १९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार १० जनामा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन्। 

आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज पनि संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयको विवरणअनुसार हाल देशभर २०१ जना सक्रिय संक्रमित रहेका छन्। देशभर जम्मा एकजना संक्रमितको आइसियूमा उपचार भइरहेको छ। 

हाल देशभर ९५ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.