|

रोमाञ्चक बन्दै गएको इटालियन सिरी ए मा एसी मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै मिलानले भेरोनामाथि ३–१ को प्रभावशाली जित निकाल्यो।

जितसँगै शहरी डर्वी इन्टरलाई पछि पार्दै मिलानले अग्रता लिएको हो। मिलानको जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल गरे।

भेरोनामा आइतबार राति भएको खेलको ३८ औं मिनेटमा मार्को डेभिड फरोनाले गोल गर्दै घरेलु समर्थक माझ भेरोनाले अग्रता बनायो। तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

५०औं मिनेटमा राफायल लियोकै पासमा सान्द्रोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मिलानलाई खेलमा २–१ को अग्रता दिलाए। त्यसपछि पछि ८६औँ मिनेटमा जुनियर मेसिएसको पासमा एलेसान्द्रो फ्लोरेन्जीले गोल गर्दै मिलानको सानदार पूनरागमन जित पक्का गरेका थिए।

जितसँगै मिलानले शीर्षस्थानमा २ अंकको अग्रता लिँदै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। मिलानको ३६ खेलबाट ८० अंक तथा समान खेलबाटै इन्टर मिलानको ७८ अंक रहेको छ। अब दुई चरणको खेल बाँकी रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.