|

बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिका-८ गल्ली कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २९ वर्षीय मानबहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय किशोर बसौली रहेका छन्।  

सिकिस्त भएका दुवै जनाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको हो। भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.