|

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-१७ को वडाअध्यक्षमा नेकपा (एमाले)ले प्रदीप चौधरीलाई उम्मेदवार बनाएको छ।

वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनकै छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको नेतृ शान्ता चौधरीले बताइन्। एमालेका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए। 

बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ। वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातसम्म प्रचार प्रसार गर्न पाइने निर्वाचन अधिकृत अर्यालले बताए। त्यसपछि मौन अवधि सुरु हुनेछ। 

त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ। कलेजो र मिर्गौला रोगका कारण चौधरीको गत आइतबार राति मृत्यु भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.